पानी बेजोड बर्सियो, म भिज्दै-भिज्दै घर पुगें..

दिदि म आउने बाटो कुर्दै बाहिरै बसेका थिए, थर्काई हाल्नुभो-
‘बिहान घरबाट जाने बेलामा ‘रैन कोट’ बोकेर जान पर्दैन थ्यो..’?

बहिनी भित्रैबाट कराउँदै निस्कियो ,
‘पानी’ रोकिउन्जेल कतै ओत लागेर बस्न पर्दैन ? तँलाई भिज्दै किन आउनु पर्यो..”?

बाबाले हप्काउनु भयो-
‘जब बिरामी हुन्छस, अनि थाहा पाउँछ्स,
अहिले खुब हिरो भएर पानीमा भिज्दै हिडेको देख्छ्स !!

तर ‘आमा’..

आमा भित्र बाट ‘तौलिया’ बोकेर निस्किनु भयो,
मेरो भिजेको कपाल पुछिदिनु भयो,
अर्को लुगा दिनुभयो, अनि भन्नु भयो-
”यो पानीलाई पनि यत्तिनै बेला पर्नु पर्ने,
कमसेकम मेरो ‘बाबु’ घर आउन्जेल सम्म त
रोक्किनु नि…”
मेरो आमा सधै फरक सोच्नुहुन्छ !! 🤗😀

माता तिर्थ औँसीको शुभ अवसरमा सम्पूर्ण आमाहरुलाई धेरै धेरै शुभकामना!!