जिन्दगी निकै उतार चढावमय रह्यो यो साल।
अनेकन आरोहलाई अँगालेँ.. अवरोहमा सम्हालेँ।
कतै सफलताका खुड्किला पार गरियो त कतै नैरस्यता हात परे। कहिले खुशीले रमाएँ त कहिले पिडाले रोएँ पनि।
कयौँ रितुहरु सँग घुल्दै आएँ.. वसन्तका कति नविन आशाहरु शिशिर सँगै ओइलाएर गए।
यो जिन्दगीका कति पल अन्धकारमै पनि रुमलिँए।
आफ्नो भन्दा अरुको लागी धेरै गर्ने कोशीस गरियो यो साल पनि।
आत्मिय सम्बन्ध गाँसिए.. सम्बन्ध टूटे पनि.. केहि भूलवस त केही बिनाकारण।
यो वर्ष कयौँ नौला स्थानहरु अबलोकन गर्दा विभिन्न जीवनशैली नजिकबाट नियाल्ने र बुझ्ने मौका मिल्यो। पुर्वको इटहरि देखि पश्चिमको रोल्पा.. मधेश देखि पहाड.. देश देखि विदेश.. कतै हिडेर, कतै गुडेर, कतै उडेर, त कतै तैरेर यात्रा गर्ने अवसर पनि जुट्यो।
जिन्दगीले धेरै पाठ सिकायो यो साल। तर पनि आश अझै मरेको छैन, केही गर्ने घमण्ड अझै मरेको छैन.. यो नयाँ सालमा केही अधुरा सपनालाई मूर्तरूप दिने संकल्पका साथ अघी बढ्ने अठोट लिएको छु।
शुभकामना छ नयाँ वर्ष २०७९ को यहाँहरु सम्पूर्णलाई!!
Leave a Reply
You must be logged in to post a comment.